| सोमवार, भदौ २१, २०८३

गोरखा लायन्स आँखा सेवा केन्द्रमा ३० जनाले गरे आँखाको शल्यक्रिया

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा ३० जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । गोरखा नगरपालिकाका १७, आरुघाट गाउँपालिकाका ३ र अन्य स्थानीय तहका १० गरी ३० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको गोरखा लायन्स आँखा सेवाकेन्द्रका प्रमुख प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिए ।

जसमध्ये १४ जना पुरुष र १६ महिला रहेका छन् । केन्द्रमा हरेक महिनाको १९, २० र २१ गते नियमित रुपमा आँखा शिविर सञ्चालन हुने गर्छ । १९ गते ट्रेसिङ हुने, २० गते शल्यक्रिया हुने र २१ गते आँखाको पट्टी खोल्ने कार्यक्रम रहेको केन्द्रका प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ ।

गोरखा नगरपालिका र आरुघाट गाउँपालका भित्रका आँखाको बिमारीको भने निःशुल्क शल्यक्रिया गरिने उनले बताए । ‘गोरखा नगरपालिका र आरुघाट गाउँपालिकाले आफ्ना पालिकाबासीलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा प्रदान गर्न हामीसँग वार्षिक सम्झौता गर्नुभएको छ । त्यहाँका बिमारीकोे उपचार तथा शल्यक्रिया निःशुल्क हुन्छ’, उनले भने, ‘अन्य पालिकाहरुको भने शुल्क लिएर सशुल्क नै उपचार गर्ने गर्छौ ।’

सेवाकेन्द्रले सदरमुकामसहित विभिन्न नगर तथा गाउँपालिका, विद्यालयहरुमा कार्यतालिका बनाएर आँखा शिविर सञ्चालन गर्दै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्