| आइतवार, भदौ २०, २०८३

बोर्लाङ स्वास्थ्य चौकी बन्यो पालिकाकै उत्कृष्ट स्वास्थ्य संस्था

बोर्लाङ स्वास्थ्य चौकी पालिकाको उत्कृष्ट स्वास्थ्य संस्था घोषित भएको छ । आर्थिक बर्ष २०८२/८३ मा गरिएको स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड मूल्याकंनमा प्रथम बनेर उक्त संस्था उत्कृष्ट घोषित भएको हो ।

भीमसेन थापा गाउँपालिकाले प्रत्येक बर्ष पालिकाभित्रका स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड मूल्याकंन गर्दै आएको छ । मूल्याकंनमा अघिल्लो आर्थिक बर्ष पनि सोही स्वास्थ्य संस्था प्रथम भएको थियो । उत्कृष्ट घोषित उक्त स्वास्थ्य संस्थालाई पालिकले कदरपत्रसहित सम्मान समेत गरेको छ ।

उक्त स्वास्थ्य संस्थाबाट २४ सै घण्टा प्रसूती सेवा, निशुल्क प्रयोगशाला सेवा, गर्भवति महिलाहरुका लागि निशुल्क भिडियो एक्स–रे सेवा, ज्येष्ठ तथा अशक्त नागरिका लागि घरदैलो कार्यक्रम लगायतका सेवा प्रदान हुदै आएको चौकी प्रमुख सचिना शाक्यले बताइन् ।

प्रतिक्रिया दिनुहोस्