| सोमवार, असार ७, २०८३

जेसीज हठ योग शिविर सम्पन्न

१२ औँ विश्व योग दिवसको अवसरमा गोरखा जेसीजले ‘जेसीज हठ योग शिविर’सम्पन्न गरेको छ । समुदायमा योग, ध्यान तथा स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम श्री श्री गुरुगोरक्षधाम सिद्धाश्रम केन्द्र, गोरखा र अज्ञात नाथ पन्थी संगठन नेपालको सहयोग र सहकार्यमा सम्पन्न भएको हो ।

गोरखा जेसीजका अध्यक्ष जेसी सुजित श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगरले उद्घाटन गरेका थिए । कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, गोरखा संग्रहालयका प्रमुख जय नारायण कार्र्की, सुरक्षाकर्मी, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरू, गोरखा जेसीजका पूर्व तथा वर्तमान कार्यसमितिका पदाधिकारी, सदस्यहरु सहभागी थिए ।

शिविरमा प्रशिक्षकहरू माधवप्रसाद ढकाल, होमबहादुर थापा, भारती मास्के र लक्ष्मी मगरले हठ योग, प्राणायाम तथा ध्यान अभ्यास गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्