| सोमवार, कार्तिक २३, २०८३

चुमनुव्रीका दुई जनामा क्षयरोग पुष्टी, शंकास्पद १९ जनाको नमूना संकलन

चुमनुव्री गाउँपालिकाका दुई जनामा क्षयरोग पुष्टी भएको छ । पालिकाको केन्द्र सिर्दिवासमा वुधवार भएको एक्स–रे द्धारा छातीरोग सम्बन्धी खोजपड्ताल शिविरमा परिक्षण गराएकामध्ये दुई जनामा क्षयरोग देखिएको हो ।

प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखराको प्राविधिक सहयोगमा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले संचालन गरेको शिविरमा १ सय ९२ जनाले परिक्षण गराएका थिए । जसमध्ये १९ जनामा क्षयरोगको शंका देखिएकाले नमूना संकलन गरिएको कार्यालयका ल्याव टेक्निसियन निरिक्षक नारायण अर्यालले बताए । ‘१९ जनामा क्षयरोगको संक्रमण हुन सक्ने शंका लागेर नमूना संकलन गरेका छौ,’ उनले भने, ‘परिक्षणका लागि प्रदेश अस्पताल गोरखा पठाउँछौ ।’

आज बिहीवार लापुवेशीमा शिविर संचालन हुने उनले जानकारी दिए । त्यस्तै शुक्रवार आरुघाटको अलैचेमा वृहत स्वास्थ्य शिविर संचालन हुने उनको भनाइ छ । शनिवार अजिरकोट गाउँपालिकामा छातीरोग सम्बन्धी खोजपड्ताल शिविर हुने कार्यालयले जनाएको छ । प्रत्येक पालिकामा शिविर संचालन हुने अर्यालले बताए । यसअघि गोरखा र पालुङटार नगरपालिकामा शिविर संचालन भइसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्