
गोरखा लायन्स आँखा सेवा केन्द्रमा १४ जनाले गरे आँखाको शल्यक्रिया
नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा गत शुक्रबार सम्पन्न भएको मोतियाबिन्दुको शल्यक्रिया शिविरबाट १४ जनाले सेवा लिएका छन् । शिविरबाट गोरखा नगरपालिकाका ८ जनाले सेवा लिएको गोरखा लायन्स आँखा सेवाकेन्द्रका प्रमुख प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले बताए ।
यस्तै, जिल्लाका अन्य स्थानीय तहका ६ जनाको गरी जम्मा १४ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया भएको उनले जानकारी दिए । सेवाकेन्द्रबाट महिला १० जना र पुरुष ४ जनाले सेवा लिएका छन् । केन्द्रमा हरेक महिनाको १९, २० र २१ गते नियमित रुपमा आँखा शिविर सञ्चालन हुँदै आएको छ ।
गोरखा नगरपालिका भित्रका आँखाका बिरामीको भने निःशुल्क शल्यक्रिया गरिने केन्द्रका प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ । केन्द्रले बिद्यालय र समुदायस्तरमा आँखा जाँच कार्यक्रमलाई निरन्तरता दिदै आइरहेको छ ।




