
रोटरी क्लवको साताव्यापी दन्त शिविर सम्पन्न
रोटरी क्लव अफ गोरखाले आयोजना गरेको साताव्यापी दन्तरोग शिविर सम्पन्न भएको छ । गत फागुन ७ गतेदेखि सुरु भएको शिविर बुधबार सम्पन्न भएको हो ।
जर्मनी भोलेन्टियरिङ टिम र छेपेटार आधारभूत स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा मनकामना बहिरा माध्यमिक विद्यालय, सूर्यमुखी बोर्डिङस्कूल, महेन्द्र माध्यमिक विद्यालय कुन्दुरटारका १२ सय विद्यार्थीको दाँतको स्कृनिङ गरिएको थियो । साथै उनीहरुलाई ब्रस, मञ्जन, वितरण गरिएको थियो ।
स्किृनिङका क्रममा समस्या देखिएका विद्यार्थी तथा स्थानीय गरी चारसय जना बालबालिकाहरुको दाँतभर्ने, दाँत निकाल्ने, सामान्य औषधी वितरण गर्ने गरिएको रोटरियन कमल पोखरेलले जानकारी दिए । शिविरमा तीनजना जर्मन दन्त चिकित्सकको सहभागिता रहेको थियो ।




