
अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइयो
अन्तर्राष्ट्रिय कण्डम दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । प्रदेश अस्पताल गोरखाको आयोजना तथा एएचएफ नेपाल नामक संस्थाको सहकार्यमा यौनजन्य संक्रमण र कण्डमको महत्वबारे प्रशिक्षण कार्यक्रम भएको हो ।
गोरखा अस्पतालमा आयोजित उक्त कार्यक्रममा एचआइभी तथा यौनजन्य संक्रमणबाट बच्न कण्डमको प्रयोग र यसको उपयोगिताबारे डा. जयानाथ चौधरीले प्रशिक्षण दिएका थिए । त्यस्तै गोरखा साइन्स एण्ड टेक्नोलोजि कलेजमा पनि यौनजन्य संक्रमणबारे प्रशिक्षण दिइएको छ । डा. अहमद रजा मिया र स्टाफ नर्स सिर्जना खत्रीले प्रशिक्षण दिएका थिए ।
दिवसको अवसरमा करिव १२ सय कण्डम निशुल्क वितरण गरिएको एएचएफ नेपालका रविन दानीले बताए । उनका अनुसार गत बर्ष पनि दिवसको अवसर पारेर कार्यक्रम गरिएको थियो । यौनजन्य संक्रमण रोक्न कण्डम प्रयोग अपरिहार्य रहेको उनको भनाइ छ ।




