| मङ्लबार, कार्तिक २४, २०८३

विज्ञान पोलिक्लिनिकद्वारा मेडिकल अफिसरलाई सम्मान

गोरखा सदरमुकामस्थित एक पोलिक्लिकले संस्थामा चारबर्षदेखि सेवारत चिकित्सकलाई सम्मान गरेको छ । गोरखा नगरपालिका ७ नयाँबजारस्थित विज्ञान पोलिक्लिनिक(अर्याल मेडिकल हल)ले ३५ औं वार्षिकोत्सवको अवसरमा डाक्टर सलभ थापालाई सम्मान गरेको हो ।

बाँके जिल्ला, नेपालगञ्ज उपमहानगरपालिका १९ शान्तिनगर निवासी थापालाई २०७८ सालदेखि क्लिनिकमा अत्यन्त इमान्दार भएर सेवा गरेको भन्दै बुधबार पोलिक्लिनिकमा आयोजित एक समारोहका बीच सम्मान गरेको हो । पोलिक्लिनिकका सञ्चालक विनोद अर्यालले थापालाई सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्