| मङ्लबार, कार्तिक २४, २०८३

घैरुङमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर सुरु

सहिद लखन गाउँपालिका–६ स्थित घैरुङ स्वास्थ्य चौकीमा नेपाली सेनाको बृहत निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेपाली सेनाको रिपुमर्दन गण गोरखा र सहिद लखन गाउँपालिकाको संयुक्त आयोजनामा शुक्रवारबाट शिविर सुरु भएको हो ।

शिविरको पहिलो दिन २ सय ७१ जनाले सेवा लिएको रिपुमर्दन गणका गणपति अशोक कुमार क्षेत्रीले बताए । जसमध्ये १ सय ८७ जना महिला र १ सय ८४ जना पुरुष रहेका छन् । शिविरमा घैरुङ स्वास्थ्य चौकीका मेडिकल अधिकृतसहित ५ जनाको विशेषज्ञ चिकित्सकको समूहले स्वास्थ्य परिक्षण गरेका छन् ।

शिविरमा दन्त रोग, छाला, हाडजोर्नी साथै ल्याब परिक्षण सेवा उपलब्ध गराइएको गणपती क्षेत्रीले जानकारी दिए । सेवा लिनेमध्ये हाडजोर्नी तथा छाला रोगका बिरामी धेरै रहेको उनले बताए । शिविरमा परिक्षणका लागी आउने बिरामीहरुलाई चिकित्सकको सल्लाह अनुसार निःशुल्क औषधी समेत वितरण गरिएको छ । शिविर आजसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्