| मङ्लबार, कार्तिक २४, २०८३

धार्चेमा भएको निःशुल्क दन्त शिविरमा १५६ जनाले सेवा लिए

धार्चे गाउँपालिकामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । वडा नं. ५ सिङ्ला र धार्चे आधारभूत अस्पतालमा भएको दुई दिने निःशुल्क दन्त शिविरबाट १५६ जनाले सेवा लिएका हुन् । पहिलो दिन माग ३० गते सिङ्लामा ६५ जना र अस्पतालमा फागुन १ गते ९१ जनाले सेवा लिएको अस्पतालका निर्देशक शेरमान गुरुङले बताए ।

हिमालय यात्रा नामक सामाजिक संस्थाको आयोजनामा भएको शिविरमा समस्या भएको ८ जनाको दाँत भरिएको उनले बताए । ‘अस्पतालमा भएको शिविरमा समस्या भएका ८ जनाको दाँत भरियो,’ उनले भने, ‘दाँत भर्न समय लाग्ने हुनाले धेरैको भने भर्ना सकिएन ।’ तीनजना दन्तरोग विशेषज्ञहरुले शिविरमा सेवा दिएका थिए ।

दुर्गम गाउँठाउँमा दाँतको समस्या भएका बिरामी धेरै हुने भएकाले दन्त शिविर गरिएको हिमालय यात्राका अध्यक्ष रामबहादुर गुरुङ(सुक)ले बताए । संस्थाले सिङ्लामा बिगत चारबर्ष अघिदेखि शिविर गर्दै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्