
क्षयरोग निवारण संस्थाको सभापतिमा पुनः ढुंगाना
नेपाल क्षयरोग निवारण संस्था गोरखा शाखाको सभापतिमा पुनः राजन ढुंगाना निर्वाचित भएका छन् । संस्थाको मंगलवार सम्पन्न बाह्रौँ जिल्ला सभा तथा चौथो अधिवेशनमा निकटतम प्रतिस्पर्धी शंकर कुँवरलाई २५ मतले हराउँदै ढुंगाना सभापति पदमा निर्वाचित भएका हुन् ।
संस्थाको अन्य पद भने सर्वसम्मत भएको छ । जसको उपसभापतिमा रामचन्द्र दुवाडी, सचिवमा सुवास घिमिरे, कोषाध्यक्षमा कृष्णप्रसाद सोडारी, सहसचिवमा जनार्दन पोखरेल चयन भएका छन् ।
सदस्यहरुमा राधिका ढुंगाना, शरद श्रेष्ठ, राजाराम केसी, मानबहादुर गुरुङ, बिवा राना थापा र गोकर्ण बहादुर थापा रहेका छन् । कार्यक्रममा गोरखा नगरपालिका वडा नम्वर २ का अध्यक्ष रहमतुल्ला मिया, जिल्ला समन्वय समिति सदस्य मोहन ढकाल, भावना तिवारी पोखरेल लगायतले मन्तव्य राखेका थिए ।




