| मङ्लबार, कार्तिक २४, २०८३

बिरिन्चोकमा निशुल्क आँखा शिविर सम्पन्न

गोरखा नगरपालिका वडा नं १० बिरिन्चोकमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । बिहिबार गण्डकी महिला बचत तथा ऋण सहकारीको आयोजना, गोनपा १० नं वडा कार्यालयको आर्थिक तथा गोरखा लायन्स आँखा सेवा केन्दको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरमा वडाका २२३ जनाले सेवा लिएको वडा सदस्य एवं गोनपाको कार्यपालिका सदस्य साबित्रा थापाले बताइन् । जसमध्य २६ जनामा मोतियाबिन्दुको समस्या देखिएको उनले जानकारी दिइन् । यस्तै, ४५ जनालाई निशुल्क चश्मा तथा औषधी वितरण गरिएको, २६ जनालाई आँखाको शल्यक्रियाको लागि रिफर गरिएको र बाँकीलाई औषधी वितरण गरिएको उनले बताएकी छिन् ।

गण्डकी महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष देवीमाया खनालको अध्यक्षता एवं गोनपाकी कार्यपालिका सदस्य साबित्रा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा लायन्स क्लव अफ गोरखाका अध्यक्ष सुजन कुँवर, गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रमुख विश्वप्रसाद अर्याल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्