
गोरखा अस्पतालको ५१ औ बार्षिक उत्सव विविध कार्यक्रम गरी मनाइयो
गोरखा अस्पतालले आफ्नो ५१ औ बार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । शनिवार सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको अस्पताल व्यवस्थापक एवं सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन् ।
कार्यक्रममा अस्पतालले दिदैँ आएको सेवा, भावी योजना, चुनौती लगायतका बारेमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सिद्धार्थ खनालले प्रस्तुती सहित सजिकरण गरेका थिए ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, कांग्रेसका जिल्ला सचिव किशोरजंग थापा, नेकपा माओवादी केन्द्रका धुव्र भट्ट, अस्पताल व्यवस्थापन समितिका पुर्व अध्यक्ष मोहनलाल श्रेष्ठ, पत्रकार महासंघका कार्यवहाक अध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।
बार्षिक उत्सवकै अवसरमा रक्तदान कार्यक्रम समेत भएको श्रेष्ठले जानकारी दिए ।




