| मङ्लबार, कार्तिक २४, २०८३

निशुल्क दन्त शिविरमा ४८ जनाले सेवा लिए

बिश्व मुख स्वस्थ दिवसको अवसरमा गोरखा अस्पतालले निशुल्क दन्त शिविर गरेको छ । वुधवार भएको शिविरमा ४८ जनाले सेवा लिएका छन् ।

उनीहरुको दाँतको निशुल्क स्क्रिनिङ गरिएको अस्पतालकी सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन् । अस्पतालकै दन्त चिकित्सकबाट सेवा प्रदान गरिएको उनले जानकारी दिइन् । यो बर्षको नारा ‘स्वस्थ मुख स्वस्थ शरिर’ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्