| मङ्लबार, कार्तिक २४, २०८३

३१ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया

गोरखा लायन्स आँखा सेवा केन्द्रले संचालन गरेको नियमित मोतियाविन्दुको शल्यक्रिया शिविर सम्पन्न भएको छ । तीन दिनसम्म संचालन भएको शिविरमा ३१ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया भएको छ ।

उनीहरुमध्ये १६ जना महिला र १५ जना पुरुष रहेको केन्द्रका प्रशासकीय अधिकृत बिश्वप्रकाश अर्यालले बताए । ‘सेवा लिनेमा गोरखा नगरपालिकाका १८ जना हुनुहुन्थ्यो,’ उनले भने, ‘बाँकी अन्य पालिकाको हुनुहुन्थ्यो ।

केन्द्रले हरेक महिनामा १९, २० र २१ गते सञ्चालन गर्दै आएको शिविर फागुन महिनाको १९ देखि २१ गतेसम्म पनि संचालन गरेको थियो । केन्द्रले बिभिन्न समयमा समुदायमा गएर आँखा जाँच शिविर संचालन गर्दै आएको छ ।

शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीलाई शल्यक्रियाका लागी केन्द्रमा पठाउने गरेको अर्यालले जानकारी दिए । बिद्यालयमा पनि आँखा जाँच कार्यक्रमलाई पनि निरन्तरता दिदैँ आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्