
पालुङटारका स्वास्थ्य शिक्षकलाई स्वास्थ्य तथा पोषण सम्बन्धी अभिमुखिकरण
पालुङटार नगरपालिकाको सामुदायिक बिद्यालयमा स्वास्थ्य बिषय पढाउने शिक्षकहरुलाई बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम क्षमता अभिवृद्धि सम्बन्धी अभिमुखिकरण गराइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नगर क्षेत्रभित्र रहेका १४ वटा माध्यमिक बिद्यालयका स्वास्थ्य शिक्षक र केही प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालयका नवराज खड्काले सहजिकरण गरेका थिए भने नगर स्वास्थ्य शाखा प्रमुख सिर्जना पोखरेलले कार्यक्रममाथि प्रकाश पारेकी थिइन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको अध्यक्षता तथा नगर उपप्रमुख बन्दना पाण्डेको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।




