
गोरखामा कोरोनाका सक्रिय संक्रमित ५५७ जना
गोरखामा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच सय ५७ पुगेको छ । हरेक दिन सक्रमित थपिएसँगै संक्रमण बढ्दो देखिएको छ ।
निषेधाज्ञालाई कडाई गर्दा घटेको संक्रमणदर असार दोस्रो साताबाट निषेधाज्ञा खुकुलो भएसँगै बढेको छ ।
अहिले बजार, पसल, बैंक, सरकारी कार्यालय सबै खुलेका छन् । सेवाग्राहीको भिड हुने कार्यालय, सार्वजनिक यातायात संचालन हुँदा संक्रमणको जोखिम बढेको छ । सबैभन्दा धेरै गोरखाको पालुङटार नगरपालिकामा सक्रिय संक्रमितको संख्या एक सय ४५ रहेको छ भने आरुघाट गाउँपालिकामा एक सय नौ रहेको छ ।
गोरखा नगरपालिका, भिमसेन थापा गाउँपालिका र शहीदलखन गाउँपालिकामा ५० भन्दाबढि सक्रिय संक्रमित छन् भने चुमनुब्री गाउँपालिका बाहेकमा सक्रिय संक्रमित रहेका छन् ।




