
कारितासद्वारा मकैसिंङ स्वास्थ्य संस्थालाई अत्यावश्यक सामग्री सहयोग
कारितास नेपालले गोरखाको गण्डकी गाउँपालिका १ मकैसिंङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक स्वास्थ्य सहितका सामग्री सहयोग गरेको छ ।
कोभिड १९ को दोस्रो चरणको भेरियन्टलाई रोकथाम गर्न मद्धत पु¥याउने उद्देश्यले तीन लाख ४० हजार बरावरको सामग्री सहयोग गरिएको संस्थाले जनाएको छ ।

कारिताज कार्यक्रम संयोजक हरिस कुँवरले गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । ग्लोब्स, गमबुट, सेनिटाईजर, अम्बु ब्याग, स्वास्य संस्थाका लागि वेड, थर्मोमिटर, मास्क, नेभुलाईजर, हेड क्याप, वडी ब्याग लगायतका सामग्री सहयोग प्राप्त भएको गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए । ‘बिभिन्न संघ संस्थाको सहयोगले कोभिड रोकथाममा केही सजिलो भएको छ’ उनले भने ।

साथै उनले कारितासले दुर्गम ग्रामिण भेगको स्वास्थ्य संस्था सम्म पुगेर सहयोग गरेको भन्दै धन्यवाद दिए । ‘यी सामग्रीले केही हद सम्म कोभिड लागेको र अन्य बिरामीको पनि उपचारमा सजिलो हुनेछ’ अध्यक्ष रानाले भने ।
कारितासले आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिईने जनाएको छ ।




