
गोरखामो कोरोनाका सक्रिय संक्रमित ४७२ जना, १७० को रिपोर्ट आउन बाँकी
गोरखामा कोरोनाका सक्रिय संक्रमित चार सय ७२ जना रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार अझै एक सय ७० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।
गोरखामा अहिले सबैभन्दा धेरै संक्रमित गोरखा नगरपालिकामा एक सय तीन जना, शहीदलखन गाउँपालिकामा ९५ जना, आरुघाटमा ७४, पालुङटार नगरपालिकामा ७१, भिमसेन थापामा ६६, गण्डकीमा ३०, सिरानचोकमा २६, अजिकोटमा ५ जना, बारपाक सुलिकोट र धार्चेमा एक/एक जना सक्रिय संक्रमित रहेका छन् । चुमनुब्री गाउँपालिकामा भने अहिले सक्रिय संक्रमित छैनन् ।




