
गोरखामा बुधबार ४९ जनामा संक्रमण पुष्टि
बुधबार गोरखाका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखराबाट प्राप्त जानकारी अनुसार गोरखा नगरपालिका, शहीदलखन गाउँपालिका र सिरानचोक गाउँपालिकामा गरी ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पुष्टि भएकामध्य पिसिआर प्रविधिबाट परीक्षण गरिएका २३ जना र एण्टिजेन प्रविधिमार्फत परीक्षण गरिएका २६ जना हुन् ।
पिसिआरबाट पुष्टि भएका २३ जना सबै शहीद लखन गाउँपालिका का हुन् । सो गाउँपालिका वडा नं. १ का आठ जना र वडा नं. ७ का १५ जना रहेका छन् ।
त्यस्तै एण्टिजेन प्रविधिबाट पुष्टि भएकामध्य गोरखा नगरपालिका वडा नं. २ का १७ जनामा कोरोना पुष्टि भएको हो । सिरानचोक गाउँपालिका ५ सालबोटका नौ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।




