| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिकामा आज ५० जना संक्रमित थपिए

गोरखा नगरपालिका भित्र पिसिआर जाँच गर्न स्वाब दिएका मध्ये ५० जनालाई संक्रमण पुष्टि भएको छ ।

२, ४ र ५ गते गोनपा १ को ताप्ले, २ को कोखे आहाले र ६ को रानीपोखरीमा गरीएको परीक्षणमा २४ महिला र २६ जना पुरुषको रिपोर्ट आज पोजेटिभ आएको हो ।

वडा नम्बर १, २, ३, ४, ६, ८ र ९ नम्बर वडाका संक्रमित रहेका छन् ।
पिसिआर रिपोर्ट ढिला आएको र अधिकासं संक्रमितमा लक्षण नदेखिएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्