
गोरखामा बिहिबार २१ जना कोरोना संक्रमीत थपीए
बिहिबार गोरखामा २१ जना कोरोना संक्रमीत थपीएका छन् । शहिदलखन गाउँपालिका वडा नं ८ मा नौ जनाको स्वाब नमुना रिपोर्ट पोजेटिभ आएको छ । जसमा २ जना महिाल र ७ जना पुरुष रहेका छन् ।
त्यसै गरि भिमसेन थापा गाउँपालिकाको वडा नं ८ मा १ जना पुरुष र २ महिला सहित ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । वडा नं १ मा एक जना महिला र २ जना पुरुष, वडा नं २ मा १ जना पुरुष, वडा नं ६ मा २ जना महिला, वडा नं ३ एक जना पुरुष, वडा नं ४ एक जना पुरुष र वडा नं ५ मा एक जना पुरुष गरि १२ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्याला गोरखाका महामारी फोकल पर्सन नारायण बाबु अर्यालले जानकारी दिए ।




