| सोमवार, कार्तिक २३, २०८३

बोर्लाङ स्वास्थ्य चौकीलाई पाँच थान अक्सिजन सिलिण्डर सहयोग

कदम नेपाल नामक संस्थाले गोरखाको भिमसेन थापा गाउँपालिका ७ स्थित बोर्लाङ स्वास्थ्य चौकीलाई पाँच थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।
मंगलवार संस्थाका सचिव वृद्धी श्रेष्ठले स्वास्थ्य चौकी प्रमुख चण्डिका भट्टलाई पाँच थान अक्सिजन सिलिण्डर सहयोग गरेका हुन् । सिलिण्डर सँगै अक्सिजन ग्याँस र रेगुलेटर पनि संस्थाले सहयोग गरेको स्वास्थ्य चौकीले जनाएको छ ।
उक्त वडाको क्यामुन्टारमा समुदायमा कोरोना फैलिएकाले अक्सिजनको अभाव नहोस् भनेर सहयोग गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्