
लायन्स क्लवको आयोजनामा विद्यालयमा आँखा शिविर
लायन्स क्लव अफ गोरखा कालिका र लायन्स क्लव अफ गोरखाको संयुक्त आयोजनामा बिहिवार आँखा जाँच शिविर भएको छ । शिविरमा रत्नलक्ष्मी माध्यामिक विद्यालय डुम्रिडाँडाका दुई सय ७१ जना विद्यार्थीले आँखा जाँच गराएका थिए ।
तीमध्ये ११ जना विद्यार्थीको आँखाको दृष्टि कमजोर भएकाले चस्मा लगाउनुपर्ने निश्कर्ष निकालिएको थियो । चस्मा आवश्यक परेका विद्यार्थीलाई लायन्स क्लव अफ गोरखाले निशुल्क चस्मा उपलब्ध गराउने अध्यक्ष श्यामबाबु श्रेष्ठले बताए ।




