
राईजिङ स्टार युथ क्लव र प्रहरीको सहयोगमा जनचेतनामुलक कार्यक्रम
गोरखा नगरपालिका वडा नम्बर १२ को रार्ईजिङ स्टार युथ क्लवको आयोजना र बाह«किलो प्रहरी चौकीको सहयोगमा जनचेतनामुलक कार्यक्रम गरिएको छ ।
कोभिड १९ बाट बच्न ध्यान दिनुपर्ने कुराका बारेमा वडा नम्बर १०, ११ र १२ का स्थानीइलाई जानकारी गराइएको थियो । सोही अवसरमा मास्क पनि बितरण गरिएको कार्यक्रम संयोजक एबं क्लवका अध्यक्ष किरण आलेले बताए ।
क्लवका अध्यक्ष आलेको अध्यक्षतामा भएको कार्यक्रममा तरुण बिभागका केन्द्रिय सदस्य धु्रब पन्तको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष डिलबहादुर थापा, टोपबहादुर अर्याल, पर्शुराम जोशी, सुरज पन्त, चबथान संग्रौला, अमृत थापा, मनिश थापा लगायतको उपस्थिती रहेको थियो ।
कोरोनासँगै राजमार्ग क्षेत्र रहेको उक्त वडामा संभावित दुर्घटनाबाट जोगिने उपाएका बारेमा पनि माकिङ गरेर सर्वसाधारणलाई जानकारी गराइएको उनले बताए ।





