
गोरखा कारागारमा क्षयरोग र एआचाईभीको परीक्षण र अभिमुखिकरण
गोरखा कारागारका कैदीबन्दीको स्वास्थ्य जाँच गरिएको छ । स्वास्थ्य कार्यालय गोरखाले आईतवार र सोमवार स्क्रिनिङमा पहिचान भएका १६ जनाको क्षयरोग जाँच र करिब एक सय जनाले स्वेच्छिक एचआईभी परीक्षण गराएका थिए ।
जाँच गराउने सबैको एचआईभी रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले बताए । कार्यालयले स्क्रिनिङसँगै टिभी, एचआईभीको परीक्षण र अभिमुखिकरण कार्यक्रम संचालन गरेको थियो ।
यी दुबै रोग लागेको खण्डमा सरकारले निशुल्क औषधी उपचारको ब्यवस्था गरेको छ । तर अझै पनि मानिसले रोग जाँच गराउने र निशुल्क सेवा लिने क्रम कम छ ।
रोग लाग्न नदिन र लागेको खण्डमा माया सद्भाव दिएर उपचारमा सहयोग गर्न समुदायको भूमिकाका बारेमा कैदीबन्दीलाई जानकारी गराइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ठकुरीले बताए ।




