
रोटरी क्लव अफ बज्र मनास्लुको निशुल्क स्वास्थ्य शिविरमा तीन सय ५३ जनाले सेवा लिए
रोटरी क्लव अफ बज्र मनास्लुको आयोजना, अर्याल मेडिकल हल तथा विज्ञान पोलिक्लिनिक सेन्टर प्रालीको प्राविधिक सहयोगमा शहिदलखन गाउँपालिकाको समन्वयमा एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शहिदलखन गाउँपालिका वडा नम्बर ५ जलदेवि माविमा भएको शिविरमा तीन सय ५३ जनाले सेवा लिएका छन् । स्त्रिरोग सेवा लिने ९३ जना, मुटु रोग ८८ र जनरल सेवा लिने एक सय ७२ जना रहेका थिए । शिविरमा मुटुको इको सेवा लिने ८६ जना, ईसिजी ४५ जना, भिडियो एक्सरे ९० जना, ल्याबको ३५ जनाले सेवा लिएका छन् । सेवा लिनेहरुलाई निशुल्क औषधी बितरण गरिएको शिविरका संयोजक बिनोद अर्यालले बताए ।

शहिदलखन गाउँपालिका वडा नम्बर १,४,५,६ नम्बरका स्थानीयले सेवा लिएका थिए । ४ वर्षदेखि ९२ वर्ष उमेर समुहका सर्वसाधारणले शिविरमा सेवा लिएका थिए ।
रोटरी क्लव अफ बज्र मनास्लुका अध्यक्ष बिष्णु राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, वडा नम्ब ५ का अध्यक्ष यमबहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत जिबनबहादुर आले मगर, स्त्रिरोग विषेशज्ञ डा. रामप्रसाद सापकोटा लगायतले मन्तब्य राखेका कार्यक्रम संचालक रोटरी क्लव अफ बज्र मनास्लुका सचिव शिशुबाबु प्रधानले बताए ।
शिविरमा मुटुरोग विषेशज्ञ डाक्टर श्यामराज रेग्मी, स्त्रिरोग विषेशज्ञ रामप्रसाद सापकोट, फिजिसियन डाक्टर अजयराज गौतम, डाक्टर बिनोद दवाडी, बिमल दवाडी, विश्वास बिक लगायतको चिकिस्त्क टोलीले चेकजाँच गरेका थिए ।




