
क्षयरोग जाँच्न आरुघाट गाउँपालिकामा चार सय जनाको खकार परीक्षण
क्षयरोग परिक्षणका लागी आरुघाट गाउँपालिका भित्रका चार सय जनाको खकारको नमूना संकलन गरिएको छ । क्षयरोगको जोखिमयुक्त वस्ती र जनसंख्यालाइ लक्षित गरी बिभिन्न ठाउँमा शिविर संचालन गरेर नमूना संकलन गरिएको गाउँपालिकाले जनाएको छ ।
माघ १६ देखि १९ गतेसम्म क्षयरोग खोज पताल स्वास्थ्य टिम परिचालन गरेर नमूना संकलनको काम गरिएको केरौजा स्वास्थ्य चौकी (मान्वु) का इन्चार्ज प्रविन थापाले बताए । संकलन गरिएको खकारको नमूना परिक्षणका लागी आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ ।




