
५० जना जेष्ठ नागरिकलाई आयुर्वेदीक औषधी बितरण
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले ५० जना जेष्ठ नगारिकलाई आयुर्वेदीक औषधी बितरण गरेको छ । शहिदलखन गाउँपालिका वडा नम्बर ६ का वृद्धवृद्धालाई प्रतिरोधात्मक क्षमता बढाउने औषधी बितरण गरिएको केन्द्रका प्रमुख डाक्टर प्रशासन्त पण्डितले बताए ।
औषधीबितरण गर्नु अघि जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण समेत भएको थियो । उक्त कार्यक्रममा शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापाको समेत उपस्थिती रहेको थियो ।




