| आइतवार, कार्तिक २२, २०८३

बक्राङमा आँखा शिविर, दुई सय २४ जनाको आँखा जाँच


दरौदी समाचारदाता
लायन्स क्लव अफ गोरखाको आयोजनामा शहिदलखन गाउँ पालिकाको बिभिन्न वडामा सोमवारदेखि आँखा शिविर सुरु भएको छ । लायन्स आँखा अस्पतालको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सुरु भएको शिविरको पहिलो दिन बक्राङ स्वास्थ्य चौकीमा ४२ जना पुरुष र ४५ जना महिलाले आँखा जाँच गराएका लायन्स क्लव अफ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठले जानकारी दिए ।
बक्राङ स्थित बक्रेश्वरी माध्यामिक विद्यालयमा ६१ जना छात्र ७६ जना छात्राको पनि आँखा परीक्षण गरिएको थियो । यस्तै माघ ६ र ७ गते मनकामना, ९ र १० गते ताक्लुङ, ११ गते घैरुङ, १२ र १३ गते बुङ्कोट र १४ गते नाम्जुङमा आँखा परीक्षण शिविर संचालन हुनेछ । शिविरमा मोतियाबिन्दु भएकाहरुलाई लायन्स आँखा अस्पताल गोरखामा हुने शिविरमा सहुलियत शुल्कमा शल्यक्रिया सेवा उपलब्ध गराईने लायन्स क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्