
९१ जनाको निशुल्क आँखा जाँच
विश्व दृष्टि दिबसको अवसर पारेर बिहिवार लायन्स क्लव अफ गोरखाले निशुल्क आँखा जाँच शिविर संचालन गरेको छ ।
लायन्स आँखा अस्पतालमा आयोजित शिविरमा ९१ जनाले सेवा लिइएको लायन्स क्लव अफ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठले बताए ।
सोही अवसरमा उपचार सेवा लिन आएकाहरुलाई निशुल्क मास्क समेत बितरण गरिएको थियो ।
विश्व दृष्टि दिबसकै अवसर पारेर शनिवार बिभिन्न संघ संस्थाको समन्वयमा रक्तदान कार्यक्रम समेत राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।




