
सिरानचोकमा ३ र भिमसेन थापामा २ जनालाई कोरोना
गोरखामा मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुमा गरिएको स्वाब परिक्षणमा सिरानचोक गाउँपालिका वडा नं ३ हर्मीका ६७ र ६९ वर्षका पुरुष र १९ वर्षकी महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
त्यस्तै भिमसेन थापा गाँउपालिका वडा नं ६ का ४२ वर्षिय पुरुष र ८ को ४ वर्षिय बालिकामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
यो संगै जिल्लामा संक्रमितको कुल संख्या २८० पुगेको छ ।




