
गोरखामा १ जना कोरोना संक्रमित थपिए
शहिदलखन गाउँपालिका वडा नम्बर १ का ५३ वर्षिय पुरुषमा सोमवार कोरोना पुष्टि भएको छ । चितवन उपचार गराउन गएका उनलाई त्यहाँ स्वाब जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
गोरखामा स्वाब काठमाण्डौँ पठाइएका एक सय २५ जनाको रिपोर्ट आउन बाँकी रहेको र सोमवार जिल्लामा संकलन भएको स्वाब परीक्षणका लागि मंगलवार मात्रै पठाईने उनले बताए ।




