| आइतवार, कार्तिक २२, २०८३

गोरखामा ३६० जनाको पिसिआर रिपोर्ट आउन बाँकी, संक्रिय संक्रमित ६४ जना


गोरखामा सोमवार बेलुकी सम्म तीन सय ६० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । क्वारेन्टिनमा रहेका, आइशोलेसनमा उपचार गरेका र कन्ट्याक्ट ट्रेसिङका गरी गोरखामा छ हजार नौ सय ५१ जनाको पिसिआर जाँच गरिएको छ ।

सोमवार बेलुकी सम्म सक्रिय संक्रमितको संख्या ६४ रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए । तीन मध्ये एक जना संक्रमित सोमवार थपिएका हुन् भने अन्य यस अघि आइशोलेसन बस्दै आएकाहरु हुन् । ३१ जना मास आइशोलेसन र ३२ जना होम आइशोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सोमवार संक्रमण पुष्टि भएका सिरानचोक गाउँपालिका ६ का ३३ वर्षिय एक पुरुष रहेका छन् । यो सँगै गोरखामा कोरोना संक्रमितको संख्या दुई सय २८ पुगेको छ । गोरखामा क्वारेन्टिनमा ९८ र होम क्वारेन्टिनमा एक सय नौ जना रहेका छन् । यी मध्ये पाँच जना क्वारेन्टिन र १३ जना होम क्वारेन्टिनमा सोमवार थपिएका हुन् ।

गोरखा घर भएर बाहिर चेकजाँचका क्रममा कोरोना पोजेटिभ देखिनेको संख्या २५ रहेको छ । जिल्ला भित्र कोरोनाबाट मृत्यू हुनेको संख्या २ रहेको छ भने जिल्ला बाहिर ५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्