| आइतवार, कार्तिक २२, २०८३

गोरेटो गोरखाद्वारा जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग

गोरेटो गोरखाले जिल्ला प्रहरी कार्यालयलाई एक सय ५० थान फेस सिल, पाँच सय थान मास्क र डिसइन्फेक्ट ५ लिटर सहयोग गरेको छ । कोरोना नियन्त्रण र रोकथाममा प्रहरी पनि अग्रपंक्तिमा रहेर काम गरिरहेकाले सुरक्षाका लागि उक्त सामग्री सहयोग गरिएको गोरेटो गोरखाका कार्यकारी निर्देशक पबनरमण खनालले बताए ।
बिहिवार एक कार्यक्रमका बिच गोरेटो गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठले जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री लिएसँगै प्रहरी प्रमुख गुरुङले प्रत्यक्ष सर्वसाधारणसँग प्रहरीको सम्पर्क नजिक हुने भएकाले स्वास्थ्य सामग्रीले सचेत रहन र सचेतना जगाउन मद्धत पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्