| आइतवार, कार्तिक २२, २०८३

सिरानचोकका १ जनालाई कोरोना पुष्टि

गोरखामा फेरी एक जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका अनुसार सिरानचोक गाउँपालिका वडा नम्बर ६ का २० वर्षिय युबकलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

ति युवक भदौ १८ गते काठमाण्डौँबाट आएर होम क्वारेन्टिन बसेका र २५ गते स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानले बताए । यी युवक सँगै आज मात्रै दुई जनालाई कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्