| मङ्लबार, जेष्ठ ११, २०८३

कोरोनाबारे सचेतना जगाउन बारपाक सुलिकोटमा वडाले शिक्षक परिचालन गर्ने

कोभिड १९ बाट बच्न ध्यान दिनुपर्ने पक्ष र स्वास्थ्य सुरक्षाका बारेमा समुदायमा जानकारी गराउन गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सचेतना कार्यक्रम संचालन गर्ने भएको छ ।
गत भदौ २१ गते बसेको गाउँपालिका स्तरीय कोरोना संकट ब्यवस्थापन समितिको बैठकले उक्त निणर्य गरेको हो ।


गाउँपालिका भित्रका विद्यालयमा कार्यररत शिक्षकलाई वडा कार्यालयको समन्वयमा परिचालन गर्ने निणर्य गरिएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए । ‘शिक्षकहरुलाई समुदाय स्तरमा पनि परिचालन गर्ने योजना हो’ उनले भने ‘अविभाबकसँगै विद्यार्थीलाई पनि समुदायमै पुगेर सचेत गराउन सकिन्छ कि भन्ने योजना हो ।’


सूर्यज्योति मावि, हिमालय मावि, शैलपुत्री माविमा शौचालय, खानेपानी र सरसफाईको राम्रो प्रबन्ध गरेर लाकुरीबोटमा रहेको आरसियुपिको भबन समेतलाई मर्मत गरी क्वारेन्टिनको रुपमा तयार गर्ने निणर्य पनि बैठकले गरेको छ ।

बैठकले पाल्खु, बारपाक, सौरपानी लगायत ठाउँमा पिसिआर जाँच बढाउने योजना रहेको अध्यक्ष भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्