| मङ्लबार, कार्तिक २४, २०८३

सिद्वि गणेशको १५ औं साधारण सभा सम्पन्न

सिद्वि गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम सचिव श्रवण कुमार जोशीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विशाल राना मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २२ करोड २१ लाख २० हजार ६२५ रुपैयाँ बचत रहेको संस्थामा व्यवस्थापक गणेश बाबु श्रेष्ठले बताए ।
यो अघिल्लो वर्षको तुलनामा एक करोड ७३ लाख ८३ हजार ७०३ रुपैयाँ अर्थात ८.४९ प्रतिशतले धेरै हो । गत वर्षको बचत रकम २० करोड ४७ लाख ३६ हजार ९२२ रुपैयाँ थियो । चालु वषै संस्थासँग ११ करोड ६४ लाख २६ हजार ४६४ रुपैयाँ नगद मौज्दात रहेको व्यवस्थापक श्रेष्ठले जानकारी दिए । गत वर्ष संस्थामा ८ करोड ८५ लाख ४० हजार ५४२ रुपैयाँ मौज्दात रहेको थियो । यो वर्ष मौज्दात बचत २ करोड ७८ लाख ८५ हजार ९२२ रुपैयाँ वुद्धि भएको उनले बताए । जुन ३१.५० प्रतिशत हो । कर्जा लगानी भने गत वर्षको तुलनामा ८७ लाख ३५ हजार ३७३ रुपैयाँ घटेको उनको भनाई छ । गत वर्ष १६ करोड ३३ लाख ६९ हजार ७९९ रुपौयाँ कर्जा लगानी रहेको थियो भने चालु वर्ष १५ करोड ४६ लाख ३४ हजार ४२६ रुपैयाँ मात्र सिमित रह्यो ।
चालु वर्ष संस्थाले ६७ लाख ७७ हजार १८ नाफा रहेको व्यवस्थापक श्रेष्ठले बताए । उहाँका अनुसार संस्थाको नाफा रकम बिगतका वर्षहरुमा भन्दा वृद्वि भएको हो । आव २०८०।८१ मा नाफा ५६ लाख ७८ हजार ९८०, आव २०७९।८० मा ५८ लाख ८४ हजार ४६ रुपौयाँ भएको थियो । संस्थाका अध्यक्ष शरदबाबु कट्टेलको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिका–६ का वडाध्यक्ष दिलिप कुमार जोशी, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल, संस्थाका सल्लाकाहार कृष्ण कुमार श्रेष्ठ, सेयर सदस्यहरुको तर्फबाट सुजना पाण्डे र कपिलबाबु अर्यालले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्