| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिकामा एक महिने बेकरी तालिम सुरु

गोरखा नगरपालिकाभित्रका महिलाहरुलाई आयआर्जनमा लाग्न प्रेरित गर्न बेकरी बनाउने तालिम दिन सुरु गरिएको छ । गोरखा नगरपालिकाको सहयोगमा १४ वटै वडाका महिलाहरुका लागि एक महिने तालिम सुरु गरिएको हो ।
उपप्रमुख सबल नेतृत्व कार्यक्रम अन्तर्गत बेकरी तालिम सुरु गरिएको सो कार्यक्रमकी सदस्य सावित्रा पुलामी मगरले जानकारी दिइन् । तालिममा ६० जना महिलाहरु सहभागी छन् ।
सावित्रा पुलामी मगरको अध्यक्षतामा मंगलबार आयोजित एक समारोहका बीच तालिमको उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्