
दुईदिने दलित तथा विपन्न महिला सशक्तिकरण कार्यक्रम
गोरखामा दलित महिला लक्षित दुईदिने सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा नं ७ को आयोजना र गोरखा नगरपालिकाकाको आर्थिक सहयोगमा आईतबारबाट सुरु भएको कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
समुदायमा पछाडि पारिएका दलित समुदायका महिलाहरुको क्षमता बढाएर समग्र समुदायको विकास गर्ने लक्ष्य सहित तालिम आयोजना गरिएको गोरखा नगरपालिका वडा नं ७ का वडाअध्यक्ष विष्ण्ुप्रसाद श्रेष्ठले बताए । महिलाहरुको नेतृत्व विकास, दलित समुदायको अधिकार, महिला सशक्तिकरण र कानुनी हक लगायतका विषयमा तालिम प्रदान गरिने उनले जानकारी दिए ।
गोरखा नगरपालिका वडा नं ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठको अध्यक्षता एवं गोरखा नगपालिकाका मेयर कृष्ण रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चत्राङ्गद बराल, गोरखा नगरपालिका वडा नं ५ का वडाअध्यक्ष विष्णु राना, स्थानीय जनप्रतिनिधिहरु लगायतको सहभागिता जनाएका थिए ।




