| मङ्लबार, कार्तिक २४, २०८३

सहिदलखन–७ को कृषक समूहलाई अनुदानमा कृषि सामाग्री वितरण

जिल्लाको सहिदलखन गाउँपालिका वडा नं ७ बुङकोटको मगरबस्ती कृषक समूहलाई अनुदानमा कृषि सामाग्री हस्तान्तरण गरिएको छ । विश्व कृषि खाद्य सुरक्षा कार्यक्रमको आर्थिक सहयोगमा संंचालित बाली प्रवद्र्धन कार्यक्रम अन्तरगत उनीहरुलाई कृषि सामग्री सहयोग गरिएको हो । कार्यक्रम अन्तरगत मगरबस्ती कृषि समूहलाई इलेक्ट्रिक स्प्रेयर चार थान र हाते ट्रयाक्टर र मकै छोडाउने मेसिन २–२ थान ८५ प्रतिशत अनुदानमा वितरण गरिएको कार्यक्रम खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाइ गोरखाका प्रमुख होमनाथ लम्सालले बताए । ‘बाँकी १५ प्रतिशत रकम समूह आँफैले बेर्हाेछ’, उनले भने । कार्यक्रम अन्तरगत छनोट भएका कृषि समूहहरुलाई चार लाख बराबरको सामग्री सहयोग गर्ने उनले बताएका छन् । कृषि उत्पादन बृद्धि गर्ने उदेश्य सहित कार्यक्रम संचालन भएको कार्यालयले जनाएको छ । वडाध्यक्ष शरण श्रेष्ठको प्रमुख अतिथ्यतामा सामग्री वितरण कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्