| मङ्लबार, कार्तिक २४, २०८३

औषधी व्यवसायी संघको छैठौँ साधारण सभा सम्पन्न

औषधी व्यवसायी संघ गोरखाको छैठौँ साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभाले संघमा आवद्ध दुई उत्कृष्ठ व्यवसायीलाई सम्मान गर्दै आफ्नो छैठौँ साधारण सभा सम्पन्न गरेको हो ।
लामो समयदेखि औषधी व्यवसाय संघमा आवद्ध रहेर कम गर्दै आइरहेका आरुघाट स्थित आरुघाट मेडिकल हलका संचालक एवं संघका सदस्य बद्धिमान अमत्या र गोरखा सदरमुकाम स्थित गोरखा फार्मका संचालक एवं संघका पूर्व अध्यक्ष श्रवण कुमार जोशीलाई सम्मान गरिएको संघका वर्तमान अध्यक्ष बिनोद अर्यालले बताए । सभाले औषधी व्यवसायलाई मर्यादित ढङ्गले संचालन गर्ने निर्णय भएको उनले जानकारी दिए ।
अर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्यालको अध्यक्षता एवं गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा समपन्न साधारण सभा कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख हेम शर्मा, प्रदेश अस्पताल गोरखाका मेडिकल सुरपरिटेन्डण्ट सिदार्थ खनाल, औषधी व्यवसाय संघका अन्य पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्