| मङ्लबार, कार्तिक २४, २०८३

निवृत्त शिक्षक समाज गण्डकी गाउँपालिकाको अध्यक्षमा विष्णु मणि रेग्मी

नेपाल निवृत शिक्षक समाज गण्डकी गाउँपालिकाको अध्यक्षमा विष्णु रेग्मी चयन भएका छन् । नेपाल निवृत शिक्षक समाज गोरखाको आयोजनामा जिल्लामा पहिलो पटक गाउँपालिका स्तरीय समिति गठन गर्ने अभियान अन्तरगत गण्डकी गाउँपालिकाका लागि प्रथम अधिबेशन सम्पन्न भएको हो । प्रथम गण्डकी गाउँपालिका स्तरीय अधिबेशनबाट अध्यक्षमा विष्णु रेग्मी चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा डंकबहादुर गुरुङ, सचिवमा शित्तलबाबु रेग्मी, कोषाध्यक्षमा रामप्रसाद पन्त र सदस्यहरुमा झण्ड प्रसाद अर्याल र लव बहादुर भुजेल चयन भएका छन् ।
नेपाल निवृत शिक्षक समाज गोरखाका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षता एवै जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा समपन्न अधिबेशनमा गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना, नेपाल निवृत शिक्षक समाजका केन्द्रिय प्रतिनिधि बाबुराम अर्याल, गण्डकी गाउँपालिकाको शिक्षा शाखा प्रमुख सुदिप पन्थ, नेपाल निवृत शिक्षक समाज गोरखाका अन्य प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्