| मङ्लबार, कार्तिक २४, २०८३

बोर्लाङका सीताराम गुरुङको युएईमा मृत्यू

रोजगारीको लागि यूएई(दुबई) पुगेका गोरखाका एक युवकको मृत्यु भएको छ । भीमसेनथापा गाँउपालिका ८ बोर्लाङका २८ वर्षीय सीताराम गुरुङको उपचारका क्रममा यूएईको शारहजास्थित कुवेती अस्पतालमा मृत्यु भएको हो ।

दुई वर्षभन्दा धेरै समयदेखि उनी यूएईको नेष्टो कम्पनीमा कार्यरत थिए । पछिल्लो समय ब्रेन हेम्ब्रेजका कारण अस्पताल भर्ना भएका थिए । दुईसाताअघि कम्पनीमा काम गरिरहेकै अवस्थामा एक्कासी ढलेपछि उनलाई उपचारका लागि कुवेती अस्पतालमा भर्ना गरिएको थियो ।

यूएईमा रहेका पत्रकार विनोद श्रेष्ठले नेपाली दूतावास आबुधाबीले गुरुङको शव नेपाल पठाउन आवश्यक कानुनी प्रक्रिया मिलाउने काम गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्