| सोमवार, कार्तिक २३, २०८३

प्रेस चौतारीको स्थापना दिवसको अवसरमा कान्तिपुरकर्मी मियाँसहित ११ जना पुरस्कृत

प्रेस चौतारी नेपालले कान्तिपुरकर्मी अब्दुल्लाह मियाँसहित ११ पत्रकारलाई पुरस्कृत गरेको छ । प्रेस चौतारी नेपालको पोखरा सभागृहमा आयोजित नवौं महाधिवेशनको उद्घाटनसत्रमा मियाँलाई प्रेस चौतारी पद्मलक्ष्मी(सावित्री बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

उनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रेस चौतारी इन्चार्ज एवं पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र चौतारीका अध्यक्ष गणेश बस्नेतले पुरस्कृत गरेका थिए ।

प्रेस चौतारीले आफ्नो स्थापना दिवसको अवसरमा वितरण गर्दै आएको पत्रकारिता पुरस्कार यस वर्ष २ वर्षको एकैपटक वितरण गरेको हो ।

२०७७ अन्तर्गत हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पूर्वअध्यक्ष राजेन्द्र अर्याल, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार सुनसरीका कृष्णविनोद लम्साल, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट गोरखापत्रका केपी गौतम र डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका सागर पण्डितलाई पुरस्कृत गरिएको छ ।

२०७८ अन्तर्गत हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पूर्वअध्यक्ष गगन विष्ट, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारबाट राजनीतिक विश्लेषक झलक सुवेदी, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट पर्साका अनुप तिवारी, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट रुकुम(पश्चिमका हिरा परियार, प्रेस चौतारी पद्मलक्ष्मी(सावित्री बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट कैलालीका शिवराज भट्ट र चन्द्र न्यौपाने‚ शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट कास्कीका शान्ति गुरुङ पुरस्कृत भएका छन् ।
प्रेस चौतारी नेपालको पुस १२ र १३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पूर्ववरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यको संयोजकत्वमा गठित ५ सदस्यीय पुरस्कार सिफारिस समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्