| सोमवार, कार्तिक २३, २०८३

गोरखा सदरमुकामको ठिगुरेस्वाँरामा मोटरसाइकल दुर्घटना हुदा तीन जना घाइते

गोरखा नगरपालिका ९ ठिगुरेस्वाँरामा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । विहिबार दिउसो लक्ष्मीबजारबाट गोरखा बजार तर्पm आउदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुवै पक्षका सवारी चालक घाइते भएका हुन् ।

लक्ष्मीबजारबाट बजार तर्पm आउदै गरेको बा ६२ प ७०९६ को मोटरसाइकल र सोहि ठाउँबाट बजार तर्पm आउदै गरेको बा.प्र. ०२०३२ प. ७७१६ नं को मोटर साइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी धर्म बहादुर अधिकारीले जानकारी दिए ।

उक्त दुर्घटनाबाट सवारी चालक २० वर्षीय आशिष रानामगर, २० वर्षीय सन्देश बस्नेत र २३ वर्षीय विशाल श्रेष्ठ घाइते भएका छन् ।

उनीहरुलाई उद्धारा गरी गोरखा अस्पताल उपचाइरहेको प्रहरीले जनाएको छ ।

घाइते तीन जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । दुवै पक्षको मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्