| बुधबार, अशोज ६, २०८३

नेप्लिज एसोसियसन अफ मिचिगनको नेतृत्वमा गोरखाका बाबुराम सेढाई


अमेरिकामाको मिचिगन राज्यमा रहेका नेपालीहरुको छाता संस्था नेप्लिज एसोसियसन अफ मिचिगनको अध्यक्षमा डाक्टर बाबुराम सेढाईँ सर्वसम्मत चयन भएका छन् । सोमबार सम्पन्न भएको एशोसिएशनको सभाले मूल घर गोरखा भई हाल अमेरिका बस्दै आएका सेढाईलाइ सर्बसम्मत अध्यक्षमा चयन गरेको हो ।


एशोसिएशनको सभाले बरिष्ठ उपाध्यक्षमा निरज कार्र्की, उपाध्यक्षमा जेनस राजभण्डारी र ठाकुर योजन, महासचिबमा सचित पौडेल, सचिबमा सुशील पँगेनीसहित १५ सदस्यीय समिति चयन गरेको हो ।


नेपालको मुलघर गोरखा भै अमेरिका बस्दै आएका डा सेढाई समाजसेबी हुनुका साथै नेपालीहरुबीच लोकप्रिय हुनुहुन्छ । नेप्लिज एसोसियसन अफ मिचिगन अमेरिकाकी कानुन अन्तर्गत दर्ता भएको संस्था हो । सामुदायिक भबन बनाउने पबित्र उद्देश्य लिएर स्थापना भएको यो संस्था नेपालीहरु बीच लोक प्रिय छ ।

एशोशिएशनले यसअघि महावीर पुनले स्थापना गरेका राष्ट्रिय आविस्कार केन्द्रलाई रु १५ लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो ।

अमेरिकामा सम्पन्न नेप्लिज एशोसिएशन अफ मिचिगनको सभा ।

डाक्टर सेढाईँको मूल घर गोरखाको पालुङटार नगरपालिका ९ मा रहेको छ ।

मिचिगन राज्यमा हजार भन्दा बढी नेपाली हरु बसोबास गर्छन ।

प्रतिक्रिया दिनुहोस्