| आइतवार, कार्तिक २२, २०८३

पत्रकार महासंघको प्रदेश समितिमा गोरखाबाट दुई र केन्द्रीय समितिमा एकको उम्मेद्वारी

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा गोरखाबाट एकजनाको उम्मेद्वारी परेको छ । गोरखा शाखाका पूर्व अध्यक्ष भीमलाल श्रेष्ठले केन्द्रीय समितिको प्रदेश सदस्य पदका लागि मनोनयन दर्ता गरेका छन् ।

उनी निर्मला शर्माको प्यानलबाट उम्मेद्वार बनेका हुन् ।
त्यस्तै गण्डकी प्रदेश समितिको सचिव(समावेशी) पदका लागि सुशीलबाबु श्रेष्ठ(कैलाश) र कोषाध्यक्ष पदका लागि राजेन्द्र न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।
श्रेष्ठ र न्यौपाने दुवै जना नारायण शर्मा नेतृत्वको प्यानलबाट उम्मेद्वार बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्