
भुमि सम्बन्धी समस्या समाधान आयोगको अभिमुखिकरण कार्यक्रम
भुमि समबन्धी समस्या समाधान आयोग जिल्ला समिति गोरखाले एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेका छ । भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासीको स्थानीय तहबाट लगत संकलन सम्बन्धमा उक्त अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।
भूमिहिन दलित र भुमिहनि सुकुमबासीले महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाको शहरी क्षेत्रमा एक सय ३० वर्गमिटर (चार आना वा ७.६७ धुर) जमिन पाउने व्यवस्था रहेको आयोगका केन्द्रिय सदस्य एक बहादुर रानाले बताए ।
उक्त क्षेत्र बाहेक अन्यत्रको हकमा भने तिन सय ४० वर्गमिटर (एक कठ्ठा वा १०.६५आना) जमिन उपलब्ध गराउने पनि बताए ।
भूमिहिन तथा स्वामित्व विहिन हुने गरि यस्तो जग्गाहरु कहिल्यै पनि बेच्न नपाउने पनि उनको भनाई रहेको थियो ।
भुमि समबन्धी समस्या समाधान आयोग जिल्ला समिति गोरखाका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा गोरखा जिल्लाका विभिन्न पालिकाहरुका प्रमुख, उप(प्रमुख, अध्यक्ष उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, पालिका इकाइ प्रमुख लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।




