| आइतवार, कार्तिक २२, २०८३

२० जना युवालाई मोवाईल तालिम

गोरखाको शहिद लखन गाँउपालिकाको बिभिन्न वडाका २० जना युवाहरुलाई मोवाईल मर्मत तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा ४५ दिने सिप बिकास तालिम दिइएको हो ।
तालिम अवधिभर गोरखा सदरमुकाम स्थित कालिका मोवाइल मर्मत तथा बिक्री केन्द्रका संचालक दिनेश दानीले प्रशिक्षण दिएका थिए ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिनेश पौडेलको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा वडा अध्यक्ष शरण श्रेष्ठ, काशिनाथ अम्गाई लगाएतले धारणा राखेका थिए । स्थानीय राजनीतिक दलका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्